आज पनि बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ काराेबार

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज पनि बढ्दै हालसम्मकै उच्च भएको छ।

सुन आज तोलामा थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

सुनको मूल्य यसअघि सबैभन्दा बढी हिजो प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।