डाँका पक्रन प्रहरीले चलायो गोली

सांकेतिक तस्वीर

सर्लाही। सर्लाहीमा प्रहरीले गोली चलाएको छ। लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले घुँडा र तिघ्रामा गोली हानेको हो।

गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन्। उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ।

मोटरसाइकलमा आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न खोजेका थिए। उनीविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन रहेको बताइएको छ।