जनता नै स्वार्थी भएपछि कसरी हुन्छ देश विकास ?

अन्य मुलुकका जनता, राजनीतिक दल, कर्मचारी, व्यापारीलगायत आफ्नो देश धनी होस्, विकास होस् भन्ने चाहना राख्छन्। तर, हाम्रो देश नेपालमा ठ्याक्कै यसको उल्टो छ। यहाँ त राज्यको सम्पत्ति कसैलाई देख्नै हुन्न। सरकारी, सार्वजनिक जग्गा, गुठी, ताल पोखरी जस्ता राज्यका सम्पत्तिहरु मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको छ।

राज्यलाई राजस्व छल्छन् अनि भ्रष्टाचार गरिन्छ। यहाँ नेपाल गरिब छ, व्यक्ति भने धनी छ। भ्रष्टाचार, दलालीजस्ता अवैध काम गरेर कमाएको रकम विदेशमा राखिएको छ। आफ्नो छोराछोरी पढाउने नाममा अमेरिका,अस्ट्रेलिया पठाइएको छ।

यसरी जनशक्ति र देशको मुद्रा नै विदेशिएको छ। अहिले अमेरिका, अस्ट्रेलियामा धेरै नेपालीले घर किनेको र व्यापार व्यवसाय गरेको सुनिन्छ।

नेपालबाट २५ अर्बभन्दा बढी रकम लगेर अमेरिका, अस्ट्रेलियामा घर बनाएको वा किनेको पनि बताइन्छ। व्यापारी, राजनीतिक दलका नेता होस् या सरकारी कर्मचारी, सबैले यहाँ भ्रष्टाचार वा राजस्व छलेको रकम त्यहाँ पठाएर घर किन्ने गरेको पाइन्छ। अनि आफ्नो सन्तान त्यहाँ पठाएर छोराछोरीले बनाएको भनी बहाना बनाउँछन्।

पढ्नका लागि विकसित मुलुकमा एउटा विद्यार्थी मात्र जाँदा सुरुमै १५ देखि ३० लाखसम्म नेपाली रकम खर्चिन्छ। पढ्ने नाममा कति नेपाली विद्यार्थी अमेरिका, अस्ट्रेलिया गएका छन् ? तीमध्ये कति फर्किए ? कतिले नेपाली नागरिकता त्यागे ? र, कतिले यहाँ भएको पुर्खोली सम्पत्ति समेत बेचेर लगे ? भन्ने तंथ्याक सरकारसँग छैन।

देशमा पर्याप्त सरकारी तथा निजी कलेज छन्। तर, १२ कक्षा पास गरेपछि यहाँको शिक्षा प्रणाली वा देशमाथि नै विभिन्न दोष लगाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक जान्छन्। नेपालको पैसा सबै अमेरिका, अस्ट्रेलिया जाँदा ती देशहरु भ्mन्झन् विकास हुँदै गएका छन्। अनि यहाँको जनशाक्तिले त्यहाँ गएर काम गर्दा त्यो देश नै विकसित भएको छ।

यसले एकातिर हाम्रो देश कंगालसँगै विकास हुन सकिरहेको छैन भने अर्कोतिर अमेरिका, अस्ट्रेलियाजस्ता देशहरु भmन्झन् विकास र धनी हुँदै गएका छन्। कन्सलट्रेन्सीहरु त दलाली हुन्। उनीहरुलाई देशको माया छैन । देश बेचेर भएपनि आफु धनी बन्नु छ। नेपालबाट पढ्ने नाममा वर्षेनी खर्बो रकम अमेरिका, अस्ट्रेलिया जान्छ।

तर, त्यो रकम यहाँ फर्किएको छैन। त्यहाँ पुगेकाहरु यहाँ फर्किदैंन। त्यही घरजम बसाउँछन् । अनि यसले गर्दा पनि देश मन्दीतर्फ गएको हो। व्यक्ति होइन, राज्य धनी हुनुपर्छ भन्ने चेतना कसैमा आएको छैन । दुःखसुख गरेर भएपनि आफ्रनै देशमा बस्नुपर्छ, देश विकास गर्नुपर्छ भन्ने जनतामा पनि छैन।

अहिले जसको छोराछोरी अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक छन्, उनीहरुको भुँईमा खुट्टा छैन। यद्यपि, आफ्ना छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया जाँदा र त्यही बस्दा देशलाई कति नोक्सान भयो ? भन्ने उनीहरु सोच्दैनन्। यहाँबाट अमेरिका, अस्ट्रेलिया पढ्न गएका अधिंकाश विद्यार्थीहरु त्यहाँ शौचालय सफा गर्ने वा भाडा धुने काम गर्ने बताइन्छ।

आफ्रनै देशमा बसेर सरकारी वा कुनै जागिर खानुपर्ने पढेलेखेका छोराछोरी अमेरिका, अस्ट्रेलियामा भाडा धुँइरहँदा अभिभावकहरु भने छिमेकीमा ठुल्ठुल्ला गफ गर्छन्। समाजले तपाई नभनेपनि आफुले आफुलाई तपाई भनिरहेका छन्। विकसित मुलुकमा जमिनमाथि राज्यको स्वामित्व हुन्छ। व्यक्तिको स्वामित्वमा केही हुदैंन।

त्यहाँ उमेर हुनुञ्जेल काम गर्नैपर्छ, राज्यलाई कर तिर्नैपर्छ। बुढेसकालमा सरकारले पनि आफ्ना नागरिकको जिम्मेवारी लिन्छ। उनीहरुलाई आवश्यक सम्पूर्ण सेवासुविधा उपलब्ध गराउँछ। अर्को कुरा बच्चामाथि पनि अभिभावकको भन्दा बढी राज्यको हक,अधिकार हुन्छ। १८ वर्ष पुगेपछि छुट्टै राखिन्छ । र, आफैं कमाएर खानुपर्छ।

हम्रो देशमा भएका जमिन सबै व्यक्तिको स्वामित्वमा छ। यसरी जमिनको स्वामित्व व्यक्तिमा हुँदा खेतीयोग्य, उब्जनी हुने जमिन समेत घर बनाएर मासिएको छ । मुलुकमा खाद्य खंकट निम्तिे त्रास बढेको छ। हाम्रो देशको कानूनअनुसार कुनै व्यक्ति मरेमा उसको नाममा भएको जायजेथा उसको सन्तानले प्राप्त गर्छ।

आमाबुबाको नाममा भएको सम्पत्ति सबै छोराछोरीले पाउँछन्। अनि यसले गर्दा पनि सबैमा जसरी भएपनि सम्पत्ति जोड्ने लाभ मौलाएको पाइन्छ। गैरकानूनी काम गरेर भएपनि आफ्नो सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडेर राखिन्छ। यहाँ सरकारी सेवाको पियुनमा जागिर खानेले समेत जग्गा किनेर घर बनाएको छ।

हिजोसम्म चप्पल लगाउने समेत हैसियत नभएकाहरुले राजनीतिमा खुट्टा टेकेपछि अहिले महलजस्तो घर र अर्बोको सम्पत्ति जोडेका छन्। व्यापारीहरु कालोभन्दा वा कालोबजारी गरेर खर्बोको सम्पत्ति जोडेका छन्। यहाँ सबैले पुग्ने सम्पत्ति जोडेका छन्। जबकी हिजोसम्म उनीहरु बिहान–बेलुकाको खानाका लागि तड्पिन्थे।

यसरी राज्यभन्दा व्यक्ति धनी छन् यहाँ। विश्वका अर्बपतिहरुको सूचीमा नेपालका व्यापारी विनोद चौधरीको पनि नाम आउँछ । तर, अहिले जनता भन्छन्, ‘मुलुकको सबै सरकारी–सार्वजनिक जग्गा, गुठीका जग्गा दर्ता गरेर, श्रमिकलाई शोषणा गरेर र कमसल सामान महंगोमा बेचेर यीनी अर्बपति बनेका हुन्।

यहाँ जनता पनि धनी छन्। सहकारीमा झण्डै ३७ खर्ब रकम आम सर्वसाधारणले राखेका थिए। यो रकम राजस्व छलेको हो कि गैरकानूनी काम गरेर कमाएको हो कि जीवनभर वा घरजग्गा बेचेर कमाएको हो ? यसबारे कसैलाई थाहा छैन। तर, यत्रो रकमले जनतासँग पनि पैसा छ भन्ने कुरा प्रमाणित हुन्छ। उता, सरकारले भने विदेशीसँग २७ खर्ब ऋण लिएको छ।

अनि यसले सरकारभन्दा जनता धनी छन् भन्ने कुराको समेत प्रमाणित गर्छ। यहाँ जनता नै करोडदेखि अर्ब लगानी गरिएको घरमा बसेको भेटिन्छ। २० लाखदेखि करोड मूल्य पर्ने गाडीमा चढ्छन्। कतिपय जनता भने खाना नपाएर बाटोमा मागिरहेको पनि देखिन्छ । कतिपयलाई बिहान–बेलुकाको छाक टार्न धौंधौं छ।

केपी ओली पनि नेपाली नै हुन्। उनी पनि जनता नै हुन्। बिडम्वना, उनी नेपालको पानी खाँदैनन्। दैनिक ६० हजारको विदेशी पानी खान्छन्। हिसाब गर्नुपर्दा उनी मासिक १८ लाखको विदेशी पानी खान्छन्। अनि यसबाट नै यहाँ ओलीजस्ता जनता धनी छन् अनि राज्य कंगाल छ भन्ने प्रमाणित हुन्छ।

अन्य मुलुकका सरकारले आफ्नो देशको पैसा बाहिर लैजान दिदैंन। त्यहाँ कमाएको रकम त्यहाँ खर्च गर्न लगाइन्छ। र, त्यहाँ राज्यको नै त्यस्तै पोलेसी हुन्छ। तर, हामी देशको यसको ठिक उल्टो छ। खाद्यान्न सबै विदेशबाट नै निर्यात गरिन्छ र यहाँको पैसा विदेश जान्छ। जनता पनि पढ्ने नाममा विदेश नै पुगेका छन्।

राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीहरुले भ्रष्टाचार, अवैध धन्दा, राजस्व छलेर कमाएको रकम पनि विदेशमै लगेर राख्छन् । अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था आउने छ । पेट्रोल र डिजेल पठाएन भनेपनि यहाँका सबै सवारीसाधन थन्किनेछन्।

ग्याँस पठाएन भने त झन् भोकै बस्नुपर्छ। हिजो आफ्नो बाली बेचेर वा मासेर घर बनाएकाहरुले यस्तो अवस्था आउँदा के गर्छन् ? के खान्छन् ? कि इट्टा र ढुंगा नै चपाउँछन् ? अहिले जनता सेयरमा लगानी गर्दा डुबेको भन्दै सरकारप्रति गुनासो गर्छन्।

अनि बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर कसले पाँच हजारमा किन्नु भनेको थियो ? सरकारले त भनेको थिएन नि ? दलालीको लैंलैंमा लागेर आनाको पाँच हजारमा बिक्री नहुने जमिन लाखौमा किन्ने अनि अहिले सरकारलाई दोष दिएर हुन्छ र ? अहिले मुलुकका कतिपय प्राइभेट बैंक डुब्ने अवस्थामा पुगेका छन्।

त्यसकारण अब सरकारले पनि प्राइभेट बैंक, सहकारी, फाइनान्समा रकम नराख्न सार्वजनिक सूचना निकाल्नुपर्छ। प्राइभेट बैंकमा रकम जम्मा गरेकाहरुले पनि समयमै दिमाग पुप्याउनुपर्छ। नत्र सहकारीका बचतकर्ताहरुको जस्तै लगानी हुनेछ। किनकि बैंकहरुको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ। फेरि यो क्षेत्रमा मन्दी आएको छ।