आज यस्तो छ दिनभरको मौसम

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।