नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ। कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिनअगाडी (चैत २० गते) बलात्कारको जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए ।यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए। ओडको घर कृष्णपुर नगरपालिका,गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।