गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ: सभापति देउवा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन्।

आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन्।

‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन्। लाखौं ठगिएका छन्। न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ। कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ।