भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु

काठमाडौं । गाडी दुर्घटनामा परी भारतमा ७ जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको हो।

सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खस्दा दुर्घटना भएको हो। उद्धार टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेका थिए। मृतक आठै जना महेन्द्रनगरका रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु हने चालक राजेन्द्र कुमार भने भारतीय नागरिक हुन्। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।