भक्तपुरमा दुई जनाको मृत्यु

सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ।

मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित श्रीराम धौबन्जराको डेरा गरी बस्दै आएकी जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. १ घर भएकी वर्ष २१ की कल्पना ऐरको डेरामा १ हप्ता देखीसंगै बस्दै आएका निजको साथी जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. २ घर भएको वर्ष २६ को बिनोद दियाल अचेत अबस्थामा प्रहरीले फेला पारेको थियो। प्रहरीले तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लैजाने क्रममा शनिवार साँझ बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थालमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।