नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा

काठमाडौं। नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन्।

भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।