डीआईजीद्वय जोशी र ढकाल एआइजी बढुवा सिफारिस

काठमाडौं। नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्न सिफारिस भएका छन्।

गएराति बसेको बढुवा समितिको बैठकले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको हो। एआइजीद्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन्।

भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्। सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । ढकालको प्राप्ताङ्क ७३.६३०६ छ ।