राजनीतिक दल र सरकार नै दलाली,जनताले कहिले बुझ्रने ?

अहिले जनता निराश छन्। विभिन्न क्षेत्रमा लगानी गरेकाहरु पनि नराम्ररी डुबिसकेका छन्। घरजग्गा,गाडी र सेयरमा लगानी गरेकाहरु पनि डुबेका छन्। र, सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरु पनि डुबेका छन्। बैंकबाट ७० प्रतिशत बचतकर्ताले निक्षेप निकालिसकेको बैंककै कर्मचारीहरु नाम नबताउने शर्तमा बताउँछन्।

बजारमा धेरै कोठा, फ्रल्याट र सटर खाली भएका छन्। मालपोत र यातायात कार्यालय सुनसान छ। तर, सरकार दलाल गरेर बसिरहेको छ। आफ्नो देश र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अन्य देशलाई फाइदा हुने काम गरिरहेको छ। दिनहुँ हजारौं नेपाली जनता रोजगारी, अध्ययन,अध्यापनका निम्ति विदेशिएका छन्।

यसले देशको सक्षम र दक्ष जनशक्ति विदेशिनुका साथै नेपाली मुद्रा समेत विदेशिएको छ। सरकार नै आफ्नो देशका जनतालाई बेचिरहेको छ। र, आफ्नो देशको पैसा बाहिरी मुलुक पठाइरहेको छ । देशको खेतीयोग्य वा उब्जनी हुने जमिनमा सरकारले प्लानिङ वा घर बनाउन दिइरहेको छ। जसले गर्दा आज मुलुकमा खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ।

दलालीहरुले आनाको दश हजार नपर्ने खेतीयोग्य जमिन खण्डीकरण गरेर लाखौंमा बेचे। सर्वसाधारण फसाए। अहिले हामी सबै नेपालीको भान्छामा बाहिरी मुलुकबाट आएको खानेकुरा पाक्छ र हामी खान्छौं। देशको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ। बाहिरबाट आयात गरिएका खाद्यान्न निकै महंगो हुन्छ।

यसले आर्थिक अवस्था कमजोर भएका जनताहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ। यति मात्र होइन, विदेशीले खाद्यान्न नपठाए यहाँ धनीदेखि गरिबसम्म भोकभोकै मर्नुपर्छ।

पछिल्लो समय नेपालले हरेक सामान विदेशबाट आयात गर्ने गरेको छ। नेपालमै उत्पादन हुने वस्तु पनि विदेशबाट आयात गरिन्छ। यहाँ नुनदेखि सुनसम्म विदेशीको बिक्री हुने गरेको छ।

नेपाल विदेशीको लागि एउटा व्यापारको थलो बनेको छ। विदेशीले नेपाललाई प्रयोग गरेर थुप्रै फाइदा उठाइसकेको छ। र,अझै उठाइरहेको छ। तर, हाम्रो देश भने अहिले पनि जहाँको त्यँही छ। हामी सामान निर्यात गर्नुभन्दा पनि आयातमा बढी केन्द्रित छौं। हरेक सामानमा परनिर्भर छौं। कुनै पनि वस्तु तथा सामान हामी आत्मनिर्भर छैनौं।

छिमेकी मुलुक भारतले बिक्री नहुने फलामको समेत प्रयोग गरेर चिल्लो गाडी बनायो। हामी नेपालीहरु पनि त्यसमै आकर्षित भयौं। नेपालका अटो शोरुमहरुले भारतमा ५० हजार नपर्ने सवारीसाधन यहाँ ल्याएर लाखौंमा बिक्री गरे। र, अहिले पनि गर्दै छन्। यता, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर चार हजारसम्ममा बेचे।

यहाँ ठगे ठग छन्। जो पनि ठग्नतिरै केन्द्रित छन्। मिनपावर र कन्सलट्रेन्सीहरु आफ्रनै देशका नागरिकलाई अन्य देशमा बेचेर कमाइरहेका छन्। सरकार पनि देशै धितो राखेर विदेशीसँग खर्बौ ऋण लिइरहेको छ।

सत्तामा बस्नेहरु जनतालाई भ्रममा पारिरहेका छन्। सरकारी कर्मचारीहरु भ्रष्टाचारमा व्यस्त छन्। यहाँ देश र जनताको लागि काम गर्नुभन्दा आफ्नो भुँडी कसरी भर्ने ? भन्नेतिर सबैको ध्यान छ।

बैंक तथा वित्तिय संस्थाहरुले पनि सर्वसाधारणलाई नै ठगे। करोडौं बचतकर्ताको खर्बौ लिएर वा डुबाएर सहकारी भाग्यो। लघुवित्त, फाइनान्सहरुले पनि सर्वसाधारणको बिजोग बनाएको छ। पछिल्लो समय त बैंकका कर्मचारीले समेत बचतकर्ताको खातामा रहेको रकम चोर्न थालेका छन् । बैंक, वित्तिय संस्थाहरुले थुप्रैको उठीबास लगाएका छन्।

करोडौंको ऋण लाखमा पचाएर ऋणीलाई सडकछाप बनाएका छन्। उता, निजी विद्यालयको पनि ठगीधन्दा बढ्दो छ। विद्यार्थीबाट अनावश्यक शुल्क उठाउने क्रम अझै रोकिएको छैन।

त्यस्तै, भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा पनि यस्तै छ। कमसल, गुणस्तरहीन र कम तौलको सामान चर्को मूल्यमा बेचेर यीनीहरुले सर्वसाधारण ठगिरहेका छन्।

यहाँ जो पनि ठग्नमै व्यस्त छ। अनि त्यसमा जहिले पनि सर्वसाधारण नै पर्ने गरेका छन्। राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, बैंक तथा वित्तिय संस्था, दलाली सबैले जनता नै ठगिरहेका छन्। सर्वसाधारण हरेक क्षेत्रबाट ठगिएका छन्, लुटिएका छन्। अहिले जनतामा सचेतनाको वृद्धि भएको छ। पहिलाभन्दा धेरै सर्तक भइसकेका छन्, सर्वसाधारण।

योसँगै बैंक तथा वित्तिय संस्थाहरुको नाफामा गिरावट आएको छ। सर्वसाधारण ठग्न नआएपछि बैंकहरुको आम्दानी घटेको छ। अहिले बैंकमा पैसा राख्ने र कर्जा लिने कोही छैन। बैंकको ठगीधन्दा बारे थाहा पाएपछि जनताले बैंकमा पैसा राख्न र कर्जा लिन दुवै छोडेका हुन्। बैंकमा पैसा निकाल्नेको भीड छ त कर्जा प्रवाह शुन्य छ।

बैंकले जतिसुकै सस्तोमा कर्जा दिन्छु भनेपनि कोही जाँदैनन्। किनकि बैंंक, ठग, चोर हो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन्। सहकारी त भागिहाल्यो । करोडौं बचतकर्ताको बिचल्ली बनायो।

अहिले घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ। केही वर्षअघि ५० लाख आनामा किनेको जग्गा अहिले पैसाको खाँचो परेर आधा मूल्यमा बेच्छुभन्दा समेत बिक्री भइरहेको छैन।

यता, बैंकले लिलाम गरेको धितो पनि बिकेको छ। झन् चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएको छ। गाडीमा पनि यस्तै भएको छ। नयाँ होस् या पुरानो गाडी कसैले किन्दैन। बीस लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा बिक्दैन। तीन वर्षअघि काठमाडौंका न्यूरोड, भोटाहिटी, इन्द्रचोक, नयाँ बानेश्वर, बल्खु, कलंकी, बौद्धलगायतमा सटर पाउनै मुस्किल हुन्थ्यो।

एउटै सटरको मासिक भाडा तीन लाखदेखि १८ लाखसम्म हुन्थ्यो । तीन महिनाको भाडा पहिल्यै तिर्नुपथ्र्यो । खाली सटर बीस लाखदेखि ६० लाखमा किनबेच हुन्थ्यो । एउटा कोठा ९ हजारदेखि २० हजार र एक फ्रल्यटको ३० हजारदेखि तीन लाखसम्म पथ्र्यो । सवारीसाधन राखेको छुट्टै पैसा तिर्नुपथ्र्यो । महिनाको पाँच हजारदेखि पन्ध्र हजारसम्म ।

भाडामा बस्नेहरुलाई केही पनि सेवासुविधा दिदैंनन् थिए, घरधनीहरु । उल्टै बत्ती, पानी, फोहोर र नेटको पैसा पनि दोब्बर उठाउन्थे । महिना मर्नुअघि नै घरधनीहरु भाडा माग्न आइपुग्थे । अनि पैसा लिएपनि बिल चाँहि नदिने । अहिले काठमाडौं उपत्यकासहित मुलुकभर धमाधम कोठा, सटर र फ्रल्याट खाली भएका छन् ।

भाडामा बस्दै आएकाहरु आफ्रनै गाउँघर फर्किएका छन्। अहिले बैंकहरु डुबिसकेका छन्। किनकि बैंकको पनि लगानी घरजग्गा, गाडी र सेयरमै छ। अब जनता चलाखो हुनुपर्छ। सहकारीका बचतकर्ताबाट पाठ सिक्नुपर्छ। हिजो हामी भाग्दैनौं, डुबेका छैनौं भनेर दाबी गर्ने सहकारीहरु पनि अहिले भागेका छन्।

बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन्। एउटै सहकारीमा एकै बचतकर्ताको लाखदेखि करोड डुबेको छ। त्यसैले अब बैंकका बचतकर्ताहरुले यहाँबाट पाठ सिक्नुपर्छ । बैंकका आफ्नो पैसा सुरक्षित छ भनेर बस्नुहुन्न। किनकि हिजो सहकारीमा पनि आफ्नो पैसा सुरक्षित छ भनेर सर्वसाधारण ढुक्कासँग बस्दा आज नरामरी डुब्ने परेको छ।

०४६ सालपछि जग्गाको मूल्य बढेको छ। र, बैंक तथा वित्तिय संस्थाहरु पनि च्याउ उम्रिएझै खुले। बैंक, वित्तिय संस्थाहरुले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यो जोखिमपूर्ण क्षेत्र हो भनेर सोचेनन्। दलालीहरुले यसको मूल्य बढाएका थिए।

तर, अहिले त दलालीहरु नै भागेका छन्। राजनीतिक दल र दलालीहरुको मिलेमतोमा घरजग्गा, गाडी र सेयरकोमूल्य हवात्तै बढेको थियो। सर्वसाधारणले दलालीको लंैलैंमा लागेर यसमा लगानी गरेका थिए । लगानी बढेसँगै राज्यको ढुकुटीमा पनि राजस्वको ओइरो लाग्यो। यद्यपि, अहिले जनतामा सचेतना वृद्धि भएपछि दलालीहरु भाग्नुपरेको छ भने राज्य राजस्वविहीन भएको छ।

ब जनताले राजनीतिक दलका नेता र सरकार नै दलाली हुन् भनेर बुझ्रनुपर्छ। यीनीहरुले देशलाई कंगाल बनाए र जनतालाई डुबाए। राजनीतिक दल र सरकारले देश धितो राखेर विदेशीसँग ऋण लिइरहेको छ भनेर पनि अब जनताले बुझ्रनुपर्छ।

सरकार अहिले पनि विदेशीसँग ऋण लिएर कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाइरहेको छ। तर, देश सरकारको मात्र होइन, जनताको पनि हो। त्यसैले, अब जनता आफ्नो देश बचाउन सडकमा आउनैपर्छ।