वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी फुट्को संघारमा,पार्टी भित्र भाँडभैलो 

काठमाडौं । ” क्रान्तिको ऐतिहासिक आवश्यकता ” भन्दै एक वर्ष पहिले कथित नेकपा ( बहुमत ) पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भित्र भाँडभैलो मच्चिएको ,सात सत महिनासम्म केन्द्रीय समितिको बैठक बस्न नसकेको  वैद्यले क्रान्तिका नाममा कार्यकर्ताहरुलाई अलमल्याउँदै आएको ,आगामी जेठमा सम्पन्न गरिने भनिएको एकता महाधिवेशनबाट फौजी कार्यदिशा पारित गरेर जनमुक्ति सेना निर्माण गर्ने ,पार्टीको कार्यदिशा सशस्त्र जनविद्रोह भएकोले त्यसको सवल कार्यान्वयनका लागि सोही बमोजिमका विद्रोही संगठन बनाउने,पार्टीलाई भूमिगत शैलीमा ढाल्ने र खुला रुपमा पार्टीको कार्यक्रम जनताको बीचमा पुर्याउनका लागि संयुक्त मोर्चा निर्माण गर्ने भन्दै पार्टी एकता गर्न पुगेको वैद्यको पुरा टोली  पार्टी एकताको छ महिना पछि २०८० असोजमा बसेको केन्द्रीय समितिको बैठकले कञ्चन , सुदर्शन जस्ता विचारबिहिन स्वार्थी,अवसरबादी तथा आर्थिक विचलन र साँस्कृतिक विचलन परेकाले प्रचण्ड ,विप्लव नेतृत्वका पार्टीहरले कार्यवाही गरेर साधारण सदस्यबाट निकालिएकाहरुको दबाबमा परेर ” वैकल्पिक सरकार ) गठन गर्ने कार्यदिशा पारित गरेर प्रचण्डको लाइनलाई पक्रन पुगेपछि पार्टी भित्रका क्रान्तिकारी कार्यकर्ताहरु निराश हुन पुगेका थिए।

अहिले त झन सन्तबहादुर नेपालीले नेतृत्व गरेको विद्रोही मसालसंग पार्टीको पथप्रदर्शक सिध्दान्त ” माओवाद ” लाई खुला बहसमा लैजाने , त्यस्तै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा सञ्चालन गरिएको दस वर्षे जनयुद्धलाई जनताको युध्द नमान्ने र त्यो “उग्रवामपन्थी भड्काउ ” र ” आतंककारी गतिविधि ” थियोे भन्ने विषयलाई खुला बहसमा लैजाने र “संघीयता” लाई पनि पार्टीको आधिकारिक लाइनबाट हटाउने विषयलाई पनि खुला बहसमा लैजाने सहमति बार्ता टोलीले गरिसकेको र  आगामी बैशाख महिना भित्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र विद्रोही सशालसित पार्टी एकता गर्ने तयारी भइसकेको खबर बाहिर आएको र ७/७ महिनासम्म पनि नेतृत्वले पार्टीको केन्द्रीय समितिको बैठक नबोलाउनुले एकातिर कार्यकर्ताहरु निराश हुँदै पार्टी छोड्ने र पलायन हुने तीव्रगतिका साथ अगाडि बढिरहेको छ भने अर्को तिर साँस्कृतिक रुपले विचलनमा परेकाले कारण प्रचण्डले पार्टीको साधारण सदस्य समेतबाट निस्कासन गरेको , विप्लव नेतृत्वको नेकपा भित्र करोडौंको भ्रष्टाचार गरेपछि पार्टीले साधारण सदस्यबाट समेत निस्कासन गरिए को “प्रचण्डपथ” को सबैभन्दा ठूलो हिमायती र व्याख्याता हेमन्त प्रकाश वलीलाई वैद्यले “लाजै नमानि पार्टी भित्र भित्र्याएको र हाल आएर आफ्नो भावी उत्तराधिकारी ” का रुपमा अगाडि सार्ने कसरत गरिरहेको पार्टी भित्र हल्ला फैलिएको र जनयुद्ध कै बेला देखि तत्कालीन शाही नेपाली सेनाको गुप्तरीको रुपमा काम गर्दै आएको नेपाली सेनाको गुप्तचर अशोक सुवेदीलाई समेत पार्टीको केन्द्रीय सदस्य समेत बनाएकोमा वैद्यप्रति आम कार्यकर्ताहरु ससंकित हुँदै आएको एक केन्द्रीय बताएका छन्।

विभिन्न टेलिभिजन अन्तर्वार्तामा स्वएं वैद्यले ” वैकल्पिक सरकार ” माग भट्याउँदै आएको विषयलाई वैद्यको संसदीय व्यवस्थाभित्र छिर्ने चालवाजी हो ” भन्ने आशंका पार्टी भित्र फैलिएको उनलेे बताए ।

पार्टीको पथप्रदर्शक सिध्दान्त ” माओवाद ” पनि नमान्ने र दस वर्षे ” जनयुद्ध ” जनयुद्ध नभएर “आतंककारी गतिविधि ” भएको बताउँदै आएका रामसिंह श्रीसलाई केन्द्रीय स्कुलिङ विभागको संयोजक र आर्थिक , नैतिक , साँस्कृतिक रुपमा पतन भएको र ” “प्रचण्डपथ ” सबैभन्दा ठूलो प्रसंसक र व्याख्याता  सावित भइसकेको व्यक्ति हेमन्त प्रकाश वली ” सुदर्शन ” ले तयार पारेको पाठ्यक्रम र उसैलाई ठूलो मार्क्सवादी प्रशिक्षक बनाएर ठाउँ ठाउँमा प्रशिक्षण गर्न खटाउने गरेको र अधिकांश प्रशिक्षकहरु आफ्ना छोराछोरीहरु अमेरिका,युरोप ,अष्ट्रेलिया,जापान ,जर्मन,क्यानडा जस्ता ठूलो साम्राज्यवादी तथा पुँजीवादी मुलुकहरुमा पढ्न पठाएका र छोराछोरीहरुले पठाएको डर खाएर डकार्नेहरुलाई नै केन्द्रीय प्रशिक्षक बनाएर स्कुलिङमा पठाउने गरेको विषयलाई पनि दुनियाँले आश्चर्य ढंगले हेरीरहेको आम बुझाई रहेको बताइन्छ ।

अर्को विभिन्न पार्टीबाट आर्थिक , सांस्कृतिक , नैतिक पतन भएकाहरुलाई पार्टी भित्र भित्र्याएर वैद्य  उनीहरूको संरक्षक बनिरहेको आरोप छ , तर वैद्यले कसैले थाहा नपाए जस्तो गरि मस्तिसित रमाइरहेको देखेर कार्यकर्ताहरु आश्चर्य चकित भएको बताइएको छ।

त्यस्तै वैद्यले एउटा सिताराम तामाङको नेतृत्वमा आर्थिक – चन्दा संकलन गर्ने ठूलो कमिटी बनाएर परिचालन गरि लाखौं जनता असुली गर्ने अर्कोतिर विप्लव नेतृत्वको नेकपा छँदा चन्दा आतंक फैलाउन सहयोग गरेका कार्य कर्ताहरु लिएर पार्टी भित्र पसेको हेमन्त प्रकाश वलीले उनै युवाहरुलाई प्रयोग गरेर कालो मोसो दल्दै चन्दा असुल्दै गरेर करोडौं रकम जम्मा गरेर मस्ति गरेको आरोप वैद्य प्रति लाग्दै आएको छ।

 वैद्यले नक्कली क्रान्तिकारीता आवरणमा यी सबै क्रियाकलाप भइरहेको आम पार्टी पंक्ति भित्र फैलिदासम्म पनि सुनेनसुनेकै गरि चुपचाप बस्नुलाई पार्टी भित्र अर्थपूर्ण रुपमा हेरिन थालिएको बुझाई रहेको छ।

यी सबै क्रियाकलापलाई विश्लेषण गर्नेहरुले वैद्य नेतृत्वको माओवादी पार्टी विघटनको दिशातिर उन्मुख भइरहेको एक केन्द्रीय सदस्यले बताए। यसका अतिरिक्त वैद्य स्वएंले काठमाडौंको टोखा नगर पालिका वडा नम्बर ३ ( ग्राण्डी अस्पतालको पछाडिपट्टि ) अढाई तले आधुनिक घर किनेर आफू चाहिँ आनन्दले बस्ने तर गरीब नेपाली जनताका छोराछोरीहरुलाई भने बन्दुक बोकाउन प्रेरित गरिरहेको घटनालाई वैद्यको ” क्रान्तिकारीता ” हात्तीको देखाउने दात ” को लिने गरिएको छ।

साथै विभिन्न पार्टीहरुले साँस्कृतिक , आर्थिक विचलनमा परेपछि कार्यवाही गरेर साधारण सदस्य समेतबाट निस्कासन गरिएका सुदर्शन ,कञ्चन जस्ता  व्यक्तिहरु सुरक्षाका लागि विभिन्न पार्टी खोज्दै हिडेकाहरुलाई पार्टी भित्र भित्र्याइएपछि पार्टी भित्र भाँडभैलो मच्चिएपछि पार्टी एकता वैद्यका लागि घाँडो बन्न पुगेको श्रोतको दावी छ।