देशमा गम्भीर संकट आउन लागेको गगनले थापाको खुलासा, सर्तक रहन नेता कार्यकर्ताको ध्यानाकर्षण

चितवन मंसिर १० । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन्। नेपाल महिला सङ्घ चितवन शाखाले आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए।

 

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उनले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए। काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो।

 

उनले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए। थापाले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ।

 

संविधान नै कोल्याप्स भए परिवर्तनकारी उपलब्धी संकटमा पर्ने शासन व्यवस्था नै उल्टिने भन्दै उनले चिन्ता व्यक्त गरे।