कविता/अथक बटुवा

मिना कुमारि शाहि ‘शुभेच्छा’

मेरो यात्रा हजार माइलको लामो छ
मेरो अगाडि उज्ज्वल भविष्य छ
मेरो पछाडि लामो कहानी छ
मेरो पिठ्युँमा न्याय र मुक्तिको भारि छ
मेरो काँधमा देशको काँचुलि फेर्ने थप जिम्मेवारी छ
मलाई चुप लागेर बस्ने फुर्सद छैन
अन्याय अत्याचारका बिरुद्ध लड्नु छ
मलाई हात बाँधेर बसिरहने समय छैन
मेरो हातमा रक्तिम कलम छ जुन
बिरता र वलिदानका स्वर्णिम इतिहास कोर्नु छ
अँह म त थाक्दै नथाक्ने
एक निडर अथक बटुवा हुँ

 

मेरो केवल एउटा मात्र लक्ष्य छ
एउटा मात्र सुन्दर सपना छ
मलाई बिश्राम गर्ने समय छैन
यतिबेला म
सर्बहारा बर्गको भाग्यरेखा कोर्न ब्यस्त छु
युद्ध मोर्चाको एक छेउबाट
संसारको चित्रण गरिरहेकि छु
मैले फोगटियामा दिन बिताउनु छैन
इतिहासले सुम्पेको अभिभारा पूरा गर्नु छ
शहिदका अधुरा सपना साहाकार पार्नु छ
ढाई करोड जन्ताको अंगरक्षक बन्नु छ
जनमुक्ति सेनाको एक सिपाहि बनेर
आँधिमय भिषण मोर्चा लड्नु छ
मेरो यात्रा रोक्न खोज्ने
बिषालु काँढाहरु पन्छाउनु छ
मेरो अगाडि बिछ्याइएका
बिद्दुतिय धरापहरु निष्कृय पार्नु छ
म बिचारमा हार्दै नहार्ने
एक अबिचलित बटुवा हुँ

 

चाहे मेरो अगाडि मृत्यु धरापहरु थापिएका होलान्
चाहे मेरो हात खुट्टाहरु चिरेर
जिबन्त घाउमा नुन चुक हालिएलान्
भौतिक शरिर फाँसीको फन्दामा
ज्युदै झुण्ड्याइएलान
म हजारौं पाशविक यातना भोग्न तयार छु
म आफ्नो जिबनदान गर्न राजि छु
तर म आजिबन नथाक्ने, नझुक्ने, नरुक्ने
अबिचलित अथक वीर योद्धा बन्न
बर्गसंघर्षको रापिलो भट्टिमा खारिदै छु
आँखाको नानि र मुटुको ढुकढुकिमा सजिन
प्रदिप्त ज्योतिसँग मुस्कुराउदै
सौन्दर्यको प्रतिक बनिरहन
महान यात्रामा सद्धैभ लडिरहन
म यसैको पक्षपाति एक अथक बटुवा हुँ ।

 

म त एक वीर भूषण हुँ
मैले प्रत्यक यातनाका हस्तचक्रहरुमा
आस्था र उद्धेश्यको महान बाटो कोर्न
मेरो काँधमा
मेरो साथमा
मेरो कर्ममा
मेरो जिम्यवारमा जे परे पनि
भबिस्यबाणी र बैज्ञानिक्ताको
आदर्श बाट पूरा गर्न
म एक अथक निष्टावान र कर्तव्यशिल बटुवा हुँ
म एक अथक युद्ध यात्रि हुँ ।

रचना मिति ः २०६१/०८/१३