मन्त्रीमण्डल पुनर्गठनमा चर्चामा रहेका नेताहरूको नामसहित

काठमाडौं,असोज १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटि रहेको छ । अध्यक्षद्वय ओली र प्रचण्ड पनि छलफल पछि मन्त्रिमण्डल फेरबदल गर्नेमा सहमित टुगाेंमा पुगे पछि अब कसलाइ मन्त्रिमण्डमा लग्ने भनी आन्तरिक छलफलमा जुटेकाे स्राेत बताउ छ।  

 

 सचिवालय बैठकले नै मन्त्रिमण्डल पुनर्गठनबारे छलफल अघि बढाएको थियो। सचिवालय बैठकमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुनः समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरूलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने विकल्पमा छलफल भएको थियो ।

 

सचिवालयका अधिकांश सदस्यहरुले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् भने केहीले भने राम्रो काम गर्ने मन्त्रीहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

 

प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीहरुलाई विदाई गर्ने र पुनर्गठन गर्दा अहिले हटाइएकाहरुमध्येबाट केहीलाई निरन्तरता दिने पनि मनशाय बनाउनु भएको स्रोतको दाबी रहेकाे छ ।

 

 सम्पुर्ण मन्त्रीलाई बिदा गरेर नयाँलाई मौका दिनेभए मन्त्रीमन्डल पुनर्गठन दशै अघि नहुने तर, पुरानोलाई मात्र फेरबदल गर्ने भए केही दिन भित्रै त्यो निर्णय हुनसक्ने प्रधानमन्त्री ओलीले मनशाय देखाएकाे समाचार स्रोतले बताउ छ। 

 

मन्त्रिमण्डल पुनर्गठन गर्दा ठूलो संख्यामा गर्नुपर्ने र राम्रो सन्देश प्रवाह गर्नुपर्ने पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल रहेकाे स्राेत बताउ छ।  

नयाँ मन्त्रिमण्डमा नाम चर्चामा रहेकाहरू !

नयाँ मन्त्री बन्नेमा उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम, प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल,स्थायी कमिटी तथा प्रतिनिधि सभा सदस्य भीम रावल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य पम्फा भुषाल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको नाम चर्चामा छ ।

नेकपाभित्र मापदण्ड बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने माग धेरै अगाडिबाट उठे पनि मापदण्डका बारेमा नेताहरू नै प्रष्ट हुन सकेका छैनन् ।