क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको ललितपुर जिल्लामा संगठन निर्माण कार्य तिव्र

काठमाडाैं,फागुन ७। नेकपा (क्रान्तिकारी माओवादी) निकट  अखिल (क्रान्तिकारी) ले  लिलितपुर जिल्ला समिति अन्तर्गत आदर्श शाैल माध्यामिक विद्यालयमा संगठनकाे इकाइ कमिटी गठन गरेको छ।

 

उक्त कार्यक्रममा संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शिलु न्याैपाने,ललितपुर जिल्ला संयाेजक हिक्मत महरा लगायतका विद्यार्थी नेताहरूको सहभागीता रहेको थियो। 

 

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलले अब सडक बाघ अर्थात शैक्षिक क्षेत्रमा देखिएका गलत प्रवृतिका विरुद्ध जुनसुकै बेलामा पनि आक्रमक तरिकाले अगाडि बढ्ने बताएका छन् ।

 

अध्यक्ष गजुरेलले चारैतिर शिक्षा र स्वास्थ्यमा विकृती बढ्दै गएपछि हाम्राे संगठन अखिल (क्रान्तिकारी) चुप लागेर नबस्ने उनले चेतावनी समेत दिएका छन्। 

 

अध्यक्ष गजुरेलले हरेक नागरिकलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क सर्वसुलभ तथा गुणस्तरिय दिनुपर्ने भएपनि त्यो सुविधाबाट नागरिक बञ्चित भएको टिप्पणी गरेका थिए । 

 

उनले भने ‘शिक्षा र स्वास्थ्य क्षत्र दलाल र माफियाको कब्जामा रहदै आएको छ , अब अखिल (क्रान्तिकारी) ले विगतदेखि नै निःशुल्क शिक्षा ,स्वास्थ्यकाे माग गर्दै आएको छ त्याे निकट भविष्यमै पुरा हुने बताए ।

त्यस्तै अखिल क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष तथा ३ प्रदेश संयोजक शिलु  न्याैपानेले शिक्षा, स्वास्थ्य लगायतका जनजिविका सँग जाेडिएका विषयमा अखिल (क्रान्तिकारी) शसक्त भएर लाग्ने बताइन।

 

अब जिल्ला सम्मेलन सहितका शैक्षिक सुधारका कार्यक्रम संचालन गरिने पनि उनले बताइन । न्याैपानेले शिक्षा क्षेत्रमा व्यापक निजीकरण, व्यापारिकण बढेको र त्यसकाे लागि अखिल (क्रान्तिकारी) निरन्तर लडिरहेकाे उनले बताइन।   

 

त्यस्तै विकृती, बिसँगति र शैक्षिक सुधारसँगै विद्यार्थीका हरेक समस्या सम्वाेधन गर्दै अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अगाडी बढ्ने संयाेजक महराले बताए ।