आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला ११ सय रुपैयाँ बढेको सुन आज तोलामै १९ सय रुपैयाँ बढेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ५८ हजार एकसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँ बढेर एक हजार आठसय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ७५ रुपैयाँ थियो ।