भ्यालेन्टाइनमा प्रेम जोडीहरूलाई हर्क साम्पाङले डाके पाइप तान्न

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन् ।

उनले आज सामाजिक सञ्जालबाट भनेका छन्, ‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरू सबै आउनु होला ।

अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस ९भ्यालेन्टाइन डे० चलिरहेको छ । यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।