पशुपतिनाथ मन्दिर परिसरबाट ७५ शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले आज शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।

हिजोदेखि त्यस्ता व्यक्तिहरूलाई प्रहरीले निगरानी गरेको र आज नियन्त्रणमा लिएको उनले बताए । ‘‘अभद्र व्यवहार गर्ने, विगतमा पनि अपराध कर्ममा समावेश भएकाहरुलाई नियन्त्रणमा लिएका हौँ,एसपी बोहोराले भने ।उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।