प्रीति राईलाई ‘सर्वोत्कृष्ट महिला फुटबल खेलाडी’ अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान गरेको हो।

उनलाई सम्मानसँगै नगद १ लाख प्रदान गरिएको थियो। योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा वुमन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्य सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो।

सम्मानित भएपछि प्रीतिले एकदमै खुशी लागेको र यसलाई शब्दमा बयान गर्न नसकिने प्रतिक्रिया दिइन्। उनले आफूलाई गाईड गर्न सही मार्ग निर्देशक पाएकोले नै आफू यो स्थानमा आईपुगेको भन्दै एकदमै खुशी व्यक्ति गरिन्। प्रीति राईले एपीएफलाई महिला लिगको यपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेकी थिईन्। उनी राष्ट्रिय टिम र एपीएफको महत्वपूर्ण सदस्यको रुपमा छन्।

योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले महिला खेलाडीलाई सम्मान गर्ने उद्देश्यका साथ यो सम्मान कार्यक्रम सुरु गरिएको बताए । सम्मान कार्यक्रममा नेपाली फुटबलका पुराना खेलाडीहरू,महिला राष्ट्रिय फुटबल टिमका पहिलो कप्तान रमा सिंह लगायत उपस्थित थिए।