राजा आउने कुरा हल्लामात्रै हो:सभापति देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।

पत्रकारहरुको अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने,कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।

कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका हुन्।