समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक दिउँसो ४ बजे बस्ने भएको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
उनका अनुसार राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो।

