फेसबुक लाइभ गरेर चन्द्रागिरिका एक युवकले गरे आत्मदाह प्रयास

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्। गएराति चन्द्रागिरि नगरपालिका–७ घर भएका ३५ वर्षीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका छन्।

अनुहार लगायत शरीरको भाग जलेको कार्कीको स्वास्थ्य अवस्था भने सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले जानकारी दिए।

कार्कीले फेसबुक लाइभमा स्थानीय एक युवतीले आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुव्र्यवहार नगरेपनि लगातार उजुरी गरेर तनाव दिएका कारण आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मलाई पटक–पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।उनले यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ।