गणेश लाठको सिमान्त सम्झनामाथि विमर्श कार्यक्रम
प्रेम प्रसाद कडेल
चितवन। अक्षर समूह चितवनको आयोजनामा साहित्यकार गणेश प्रसाद लाठको सीमान्त सम्झना कृतिमा विमर्श कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममो अध्यक्षता लेखराम सापकोटाले ग्रहण गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अक्षर समूहका सल्लाहकार रमेश प्रभातले उहाँको कृति सरल र सरस रहेको विवेचना गर्दै उपस्थित सम्पुर्ण साहित्यीक संघ संस्थाका प्रतिनिधिहरु एवम् साहित्यकारमा हार्दिक धन्यवाद दिए।
कार्यक्रमको सहजीकरण विनोदबाबु रिजालले गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कवि भूपिन खड्काले उक्त कृतिमा पात्र विकास आकर्षक रहेको संश्लेषण गरे। कृतिमा साहित्यकारको विगतको बाल्यकाल सुन्दर चित्रण,तस्वीर चयन लगायतका भाषाको सुन्दर प्रस्तुति रहेको बताएका थिए।
कार्यक्रममा पत्रकार चन्द्र किशोर,गिरिश गिरी, सम्पादक विमल आचार्य,कवि डाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्री,पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली ,समालोचक धनेश्वर भट्टराई,डा.एकनारायण पौडेल,उमाशंकर अग्रवाल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको दोस्रो चरणको विमर्श सत्रको सञ्चालन सुरेन्द्र अस्तफलले गरेका थिए। यस सत्रमा सहभागी स्वयं लेखक गणेश प्रसाद लाठ, कथाकार शान्ति शर्मा, उदय अधिकारी रहेका थिए।
हलमा उपस्थित पत्रकार चन्द्र किशोरले गणेश प्रसाद लाठको व्यक्तित्व र कृवित्वको बारेमा परिचर्चा चल्ने गरेको बताउँदै सारगर्भित मन्तव्य राखेका थिए।
सम्पादक विमल आचार्यले साहित्यको आकाशमा गणेश प्रसाद लाठको सीमान्त सम्झना कृतिमा उहाँको आफ्नै सरल भाषा र साहित्यको सरल विशेषता भएको बताए।
गजलकार प्रेम कडेल उदयले आगामी दिनमा अझै उहाँको कृतिमा साहित्य र विरगंजको राजनीतिक परिवर्तन र परिवेशलाई सुहाउँदो लेखन आउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि भूपिन खड्का, सञ्चालक विनोदबाबु रिजाल,सभाध्यक्ष लेखराम सापकोटा, एल बी क्षेत्री, सुरेन्द्र अस्तफल, शान्ति शर्मा,रमेश प्रभात एवम् उमाशंकर अग्रवाललाई मायाको चिनो समेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै कृतिका लेखक गणेश प्रसाद लाठले उपस्थित सम्पुर्णमा स्वस्थ समालोचना आवश्यक पर्ने बताएका थिए।
