सुनचाँदीकै मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७ सय वृद्धि भएको हो ।

हिजो बुधबार १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि हिजो बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।