भारतीय माओवादी नेता बसवराजसहित २७ जनाको मृत्युमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको निन्दा

काठमाडौं। भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजसहित २७ जना नेता तथा कार्यकर्ताको मृत्युको घटनापछि अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले भारतीय सरकारको कारबाहीको तीव्र आलोचना गरेको छ।
 
सो संगठनले आज जारी गरेको विज्ञप्तिमा अपरेसन कगारू को नाममा गरिएको कार्यलाई कायरतापूर्ण र बर्बरतापूर्णू भन्दै मोदी सरकारको फासीवादी कदमको निन्दा गरेको छ।
 
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार, साहित्यकार र सांस्कृतिकर्मीहरूको छाता संगठन भनिएको उक्त केन्द्रले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
 
संगठनले भाकपा (माओवादी)को केन्द्रीय समिति, पार्टी सदस्यहरू, जनमुक्ति छापामार सेना र शोकसन्तप्त परिवारजनहरूप्रति समवेदना व्यक्त गरेको छ।
 
विज्ञप्तिमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र मार्क्सवाद(लेनिनवाद(माओवादको रक्षा तथा विकासको प्रक्रियालाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।
 
भारतीय सुरक्षा बलहरूले छत्तीसगढमा गरेको यो अपरेसनलाई लिएर माओवादी समर्थक संगठनहरूमा व्यापक आक्रोश देखिएको छ।
 
        प्रेस विज्ञप्ति
भारतीय कम्युनिस्ट पार्टी ( माओवादी ) का महासचिव     कमरेड बसवराज लगायत २७ जना नेता , कार्यकर्ताहरुको कथित  ” अपरेसन कगार ” को निहुँमा यही २१ मे २०२५ ( ७ जेठ २०८२ ) का दिन भारतीय फासीवादी मोदी सरकारले कायरतापुर्ण र बर्बरतापूर्ण तरिकाले  हत्या गरिएको समाचारले  विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , साहित्यकार एवं सांस्कृतिकर्मीहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र आक्रोशित भएको छ र मोदी सरकारको यो फासीवादी कदमको तीव्र निन्दा र  घोर भ्रत्सहना गर्नुका साथै विश्वव्यापी रुपमा यसको व्यापक रुपमा  भण्डाफोर गर्दछ । यस दु: खद क्षणमा हाम्रो संगठनले महान् सहिद महासचिव कमरेड वरवराज लगायतका  २७ जना नेता , कार्यकर्ता प्रति  भावपूरण श्रध्दान्जली अर्पण गर्दछ र भाकपा ( माओवादी ) को केन्द्रीय समिति , सम्पूर्ण पार्टी सदस्यहरु , जनमुक्ति छापामार सेना , भारतीय सर्वहारावर्ग तथा आम क्रान्तिकारी भारतीय जनता र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , प्रयोग र विकासको प्रक्रियालाई भाकपा ( माओवादी ) ले निरन्तर अगाडि बढाइरहनेछ र हाम्रो संगठनको ऐक्यबद्धता जाहेर  रहिरहनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं । 
                  क्रान्तिकारी अभिवादन सहित ।
 
मिति : २५ मे २०२५ 
        ११  जेठ २०८२ 
 
सम्प्रेषण स्थान : वार्सा , पोल्यान्ड , मध्य  पूर्वी युरोप ।
 
 
                                     ( हस्तबहादुर केसी )
                                              अध्यक्ष 
                    अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र