आज मिति २०८२ साल जेठ १२ गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विलासितामा खर्च बढ्न सक्छ । उच्च महत्वाकांक्षाले केही हानि पनि पुर्याउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी शिर तथा पेटको पीडाले सताउन सक्छ। सरकारी निकायबाट कडाइको सामना गर्नुपर्ने स्थिति आउन सक्छ। दण्ड जरिवानाको सम्भावना छ। दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ । धन लाभको सम्भावना छ। व्यापार व्यवसायमा लगानी बढाउने अनुकूल समय हो। आफन्तहरूसँग आत्मीयता बढ्नेछ । यद्यपि जीवनसाथीलाई केही पीडा हुने सम्भावना देखिन्छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- नसोचेको स्थानबाट धन प्राप्त हुनेछ, जसले मन प्रसन्न बनाउनेछ। अध्ययनमा पनि प्रगति हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिजन्य काम वा पशुपालनबाट फाइदा हुनेछ। रोकिएका कामहरू सम्पन्न गर्न सकिनेछ । नयाँ उद्योग वा विशेष कार्य सुरु गर्ने राम्रो अवसर छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- गरेका कामको प्रशंसा हुनेछ । जागिरमा पदोन्नति र पढाइमा प्रगति हुने समय छ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । यद्यपि घर जग्गा र बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ । सन्तान वा अनुयायीबाट प्रसन्नता मिल्नेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नेछ र प्रेम सम्बन्ध बलियो बन्नेछ । तर, धनको अप्रत्याशित हानीको सम्भावना छ। काममा बाधा आउन सक्छ, प्रतिस्पर्धीहरूले स्थान ओगट्न सक्छन् । पुराना रोगहरू पुनस् सक्रिय हुन सक्छन् । घरेलु समस्याका कारण महत्वपूर्ण काम प्रभावित हुन सक्छ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- स्वास्थ्य केही कमजोर देखिए पनि कामको जिम्मेवारी बढ्नेछ । केही अवसर हातबाट फुत्कन सक्छन्, सतर्क रहनुहोस्। चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्याको सम्भावना भएकाले सवारी वा हतियार प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्। आर्थिक समस्या समाधान हुने संकेत छ । पारिवारिक सम्बन्धमा अलिकति चिसोपन देखिन सक्छ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- रोकिएका कामहरू बन्नेछन्, साथै आय आर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । कृषि वा पशुपालनबाट लाभ हुनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिएमा धोका हुन सक्छ । आफ्नै कमजोरीका कारण परिवारमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । जागिरमा पदोन्नति तथा राजनीतिमा लाग्नेहरूलाई फाइदाको समय छ । तर, निर्णय गर्न ढिलो गर्दा अवसर गुम्न सक्छ । मान–सम्मानमा असर पर्न सक्ने सम्भावना छ, सतर्क रहनुहोस् । रोकिएका कामहरू पूरा हुनेछन्, नयाँ काम सुरु गर्न सकिनेछ । व्यापारमा लाभ हुने समय छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिसम्बन्धी विवादको सम्भावना छ । अन्धविश्वासमा भर परेर गरिएका काममा हानि हुन सक्छ । धार्मिक कार्यमा बाधा आउने देखिन्छ । यद्यपि, मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । परिवारमा केही असमझदारी देखिन सक्छ, सावधान रहनुहोस्।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- मान–सम्मानसहित आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले लाभ र आनन्द प्राप्त हुनेछ । राष्ट्रियस्तरको सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभकार्य सम्पन्न हुने सम्भावना छ । काममा आफन्तको सहयोग प्राप्त हुनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- उत्साहजनक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। परिवारको सहयोगले आत्मबल बढ्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोस् । सुखद समाचारले काममा उत्साह थप्नेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारको सहयोगले विशेष कामहरू सफल हुनेछन्। दाम्पत्य सम्बन्ध मधुर बन्नेछ । अनुसन्धान वा अध्ययनमा संलग्नहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा लाभदायक हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ । साथीभाइ तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ।
