सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको हो।
यसअघि हिजो (बुधबार) १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८७ हजार ८ सय कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
