माओवादीले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने
usकाठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम रहनेछ,सापकोटाले भने। बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आधारभूत वर्गको हितमा नरहेको निष्कर्ष निकाल्दै समर्थन गर्न नसकिने ठहर गरेको छ।
बजेटबारे छलफल गर्न माओवादीले पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग सांसदहरूले अन्तरक्रिया गरेका थिए।
