सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति

काठमाडौं। सरकार र यातायात व्यवसायीबीचको वार्तामा सहमति हुन सकेन। चारवटै यातायात व्यवसायी महासङ्घले भोलि ९मङ्गलवार० पनि बन्द जारी राख्ने घोषणा गरेका छन्। वार्तामा पहिलो बुँदामै सहमति नजुटेको र त्यही माग प्रमुख भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले छलफल निरन्तर भइरहेको र सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए। उनका अनुसार मङ्गलवार बिहान साढे १० बजे पुनः वार्ता हुनेछ। आज सरकार र व्यवसायीबीच एक कार्यदल गठन गरी छलफल अघि बढाइएको थियो।

अन्य बुँदाहरूमा सहमति नजिक पुगे पनि पहिलो बुँदामा कुरा नमिलेको वार्तामा सहभागीहरूले बताए । पहिलो बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ । रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न नपाउने नियमको विरोधमा व्यवसायीहरूले बन्द आह्वान गरेका हुन् ।