कोदालोले हानेर आफ्नै बुबा र छिमेकीको हत्या

काठमाडौं। पश्चिम नवलपरासीमा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबासहित दुई जनाको हत्या गरेका छन्।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।

हेमराजले कोदालो प्रहार गरेर बुबा जयराम र छिमेकी नाथुको हत्या गरेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।

इन्स्पेक्टर पौडेलका अनुसार हत्याको कारण हालसम्म खुल्न नसकेको र हेमराजलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको छ।