सुनको मूल्य एकैदिन तीन हजार घट्यो,ताेलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामै तीन हजार रुपैयाँ घटेको हो।

सुन आज प्रतितोला एक लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ।