काठमाडौं महानगरको कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भएको भेटवार्तापछि कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी भएको हो। बुधबार मेयर बालेन र उपमेयर डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो।

महानगरका प्रवक्ता नवीन मानन्धरले हिजोको भेटवार्ता नगरसभा र कार्यपालिकाकेन्द्रित भएको भन्दै ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढ्ने बताए। आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन।