दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने प्रचण्ड चेतावनी

 विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन्।

शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सदनबाट केही महत्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको बताए।

अहिले हामीले एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ’ अध्यक्ष प्रचण्डले भने, टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ।

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेको विषयमा उनले त्यसको जिम्मेवार गृहमन्त्री नै हुने बताए। पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने,सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ। अध्ययन गहिरो गरी हुनुप¥यो, संरचना बन्नुप¥यो । त्यो कुरामा सहमति भएको छ।

उनले पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई भने इन्कार गरेका छन्। यो वाहियात कुरा हो। त्यस्तो केही होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।

दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो रु भन्ने प्रश्नको पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ।