नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरू
काठमाडौं । सरकारले आजदेखि ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ। पूर्वनिर्धारित समयतालिका आज असार १ गतेदेखि नेपाल विद्युत प्राधिकरणले पाँच महिनाका लागि ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको हो ।
प्राधिकरण प्रवक्ता तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार विद्युत् निर्यात मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ ।
गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए।
