सभामुख र प्रमुख सचेतकहरूबीच छलफल जारी

काठमाडौं। सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबीच छलफल सुरु भएको छ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप दलका प्रमुख सचेतक र सभामुखबीच छलफल भएको हो।

बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका ९क्यालेन्डर० बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन्। गत जेठ १३ गतेदेखि संसद बस्न सकेको छैन।