वीरगन्जमा सशस्त्र प्रहरीको छापा, २२ लाखभन्दा बढीको कपडा बरामद
पर्सा । वीरगन्ज महानगरपालिका–६ रेशमकोठीस्थित एक घरमा भारतबाट अवैध रूपमा ल्याएर लुकाई छिपाइ राखिएको करिब २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ उक्त स्थानमा छापा मारेको थियो। छापा मार्ने क्रममा ठुलो परिमाणमा फेन्सी कपडा बरामद भएको हो।
बरामद गरिएको लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालय,पर्सामा बुझाइएको छ।
