पूर्वमन्त्री, दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउनज माग गरेका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
सांसद ज्वालाले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भुतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको बताए। यो कदम गलत रहेको भन्दै ऐन, कानून विपरीत खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे।
‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको छ, सांसद ज्वालाले भने, ऐन, कानून विपरीत त्यसरी सुरक्षाकर्मीहरूलाई खटाउने कुरा निश्चित रुपमा गम्भीर छ, बेठिक छ।
ति सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, गृहमन्त्रीले यो सदनमा जानकारी गराउनुपर्छ । र तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्छ।
