प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित
काठमाडौं। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ। प्रतिनिधिसभाको शनिवारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो।
सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरूले सहमति जनाएसँगै प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
प्रस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो। छलफलमा सहभागी सांसदहरूले उठाउनुभएका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए।
