कार्यकाल थप्ने अधिकार संविधानले दिएको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्न दबाब दिने नेताहरूलाई जवाफ फर्काएका छन्।

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पार्टीको विधानअनुसार चार वर्षे कार्यकालमा एक वर्ष थप्ने र नेपालको संविधानअनुसार थप ६ महिना कार्यकाल लम्ब्याउने अधिकार रहेको स्मरण गराए।

‘नेपालको संविधानले ६ महिना थप्ने व्यवस्था गरेको छ। पार्टीको विधानले चार वर्षभन्दा बढी समय नदिने कुरा मैले नै भनेको हुँ,देउवाले बैठकमा भने,मैले संविधानको कुरा गरेको हुँ। म संविधान मान्ने मान्छे हुँ।देउवाले भने,मेरो कुरा म आफैँ जान्दछु।म छोड्छु भनेर छोड्ने मान्छे होइन, म अप्ठ्यारो मान्छे हुँ।