आज मिति २०८२ साल असार २४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन जित्न सजिलै सकिनेछ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्ने समय हो । कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ । तर, काममा रुचि घट्न सक्छ र मनमा नकारात्मक विचारहरू डेरा जमाउन सक्छन् ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- अरूले तपाईंको कामको उच्च मूल्याङ्कन गर्ने समय छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ। राम्रो कामका लागि अनुकूल वातावरण मिल्नेछ । दीन दुस्खीलाई गरेको सहयोगले रोकिएका काम बन्न सक्छन्। धन लगानी गर्ने अवसर पनि पाउनुहुनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ । पुराना इष्टमित्र तथा प्रेमी–प्रेमिकाको पुनर्मिलनको सम्भावना छ । उद्योग र व्यापारमा विशेष लाभको योग छ। सहयोगीहरूको साथ पाइनेछ र योजना अनुसार काममा सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौसला प्राप्त हुनेछ, बिग्रिएका कामहरू बन्नेछन्।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- बोलीको गलत अर्थ लाग्न सक्छ, त्यसैले बोलीमा संयमता अपनाउनुहोला । व्यापारमा घाटा हुन सक्छ र कर्मचारीबाट अपजस भोग्नुपर्नेछ। यात्रा घातक बन्न सक्ने सम्भावना छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने जोखिम छ, त्यसैले आजको दिन यात्रा नगरेकै राम्रो हुनेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आफन्त वा विश्वास गरेका व्यक्तिबाट धोका पाइने सम्भावना छ । पारिवारिक समस्याले मानसिक तनाव बढ्नेछ । अध्ययन, अध्यापन वा लेखनप्रति रुचि घट्नेछ। चोट पटकको भय पनि रहन सक्छ । माता पिताको स्वास्थ्यमा कमजोरी देखिन सक्छ । तर, सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मिठो भोजनको प्राप्ति हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । आत्मविश्वास बढ्नेछ र शीघ्र निर्णय गर्ने क्षमता विकसित हुनेछ । विपरीत लिङ्गीको सहयोग मिल्नेछ । प्रशस्त धन आर्जन गर्ने अवसर छ, कर्मको फल प्राप्त हुनेछ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- समय रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगति सम्बन्धी समाचार सुन्न सकिनेछ । पारिवारिक जीवन सन्तोषजनक रहनेछ । व्यवसायबाट पर्याप्त लाभ उठाउन सकिनेछ । प्रतिस्पर्धीहरू पराजित हुन सक्छन्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सानातिना काम र घरेलु समस्यामा समय व्यतीत हुनेछ । हरेक काममा बाधा अड्चन आउन सक्छ। वादविवादमा फस्ने सम्भावना छ र लगानी प्रतिफल नआउने क्षेत्रमा हुन सक्छ । बौद्धिक तथा सृजनात्मक क्षेत्रमा भने सफलता मिल्नेछ । तर, स्वास्थ्यमा समस्या आएर दैनिक कामकाजमा असर पर्नेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय आएको छ । परोपकार र धार्मिक कार्य प्रति मन आकर्षित हुनेछ । वैवाहिक जीवन सुखद र समृद्ध बन्ने देखिन्छ। आम्दानी बढ्नेछ। पारिवारिक सुख प्राप्त हुनुका साथै अध्ययन–अध्यापनमा प्रगति हुने संकेत देखिन्छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- काममा माता पिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूको सल्लाह वा विचारले प्रभावित हुन सकिनेछ । सवारीसाधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ। समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ । धर्मकर्मप्रति रुचि बढ्नेछ । खेलकुद वा कलाकारीतामा संलग्नहरूका लागि यो समय उत्साहवर्द्धक छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- सन्तान वा अनुयायीको माध्यमबाट लाभ प्राप्त गर्न सकिनेछ । यात्राको सम्भावना छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा–जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका आलोचकहरू सक्रिय हुन सक्छन् । आकस्मिक यात्राको समय हो, सतर्क रहनुहोस्।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- शरीरमा थकान र आलस्यको अनुभव हुनेछ । अप्रिय समाचार सुन्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ, शरीरमा सुस्ती आउनेछ र विश्वास गरेका व्यक्तिबाट धोका पनि हुन सक्छ।
