तीनकुने घटना: एक जना कारागार चलान
काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले सतीश न्यौपानेलाई राजद्रोह,आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
सोही दिन दुई फरार प्रतिवादी विनञ्जय थापा र राजेन्द्र जि.सी. अदालतमा उपस्थित भएका थिए। अदालतले थापा र जि.सी.लाई जनही १५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए।
तीनकुने प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने उक्त घटनामा अवैधानिक गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
