स्पेन प्रकरणले संसदमा हंगामा मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो: रास्वपा-LIVE

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्। उनले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनाबद्ध छ भन्ने कुराको पुष्टि भएको बताए।

उनले भ्रष्टाचार र मानव तस्करीको आकार बढ्दै गएको उल्लेख गर्दै सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव नरहेको टिप्पणी गरे। उनले सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडियोले पुष्टि गरिसकेको बताए।

उनले निर्दोष जनतालाई जेल भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन र सभामुख महोदय रु भन्दै प्रश्न पनि गरे। उनले संघीय मामिलामन्त्री राजकुमार गुप्ता, भूमिमन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न समेत माग गरे।उनले घुस डिल र मानव तस्करलाई संरक्षण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे।