सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो,ताेलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला ११ सय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
सुन आज तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज घटेको छ। तोलामा ५० रुपैयाँ घटेर आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
