प्रतिनिधि सभा बैठकमा हंगामा: मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन हुनुपर्छ-LIVE
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनमा दिएर मात्रै नपुग्ने बताएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेका रास्वपा सांसद शिव नेपालीले मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने बताए ।
मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे । रास्वपाले गत जेठ १३ गतेदेखि गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।
