देशकै उत्कृष्ट पिनाकल कलेजमा प्री-मेडिकलदेखि प्री-इन्जिनियरिङसम्म-एकैठाउँमा सबै सुविधा
काठमाडौं। शैक्षिक क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको पिनाकल कलेजले आफ्ना बहुआयामिक सेवाहरूको घोषणा गरेको छ। कलेजले बोर्ड परीक्षाका शीर्ष विद्यार्थीहरूदेखि लिएर विभिन्न प्रतियोगी परीक्षाका सफल विद्यार्थीहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ।
बोर्ड परीक्षामा उत्कृष्ट उपलब्धि
पिनाकल कलेजका विद्यार्थीहरूले बोर्ड परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्। विगत वर्ष मेडिकल, प्यारामेडिकल, इन्जिनियरिङ र सूचना प्रविधिका प्रवेश परीक्षामा प्रतिशतको हिसाबले सर्वाधिक विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा भर्ना पाउन सफलता प्राप्त गरेका छन्।
राष्ट्रिय मिडियाको मान्यता
केन्द्रीय न्यूज मिडियाले गरेको गुणस्तर मूल्याङ्कन अनुसार पिनाकल कलेज नेपालभर चौथो र ललितपुरमा दोस्रो स्थानमा रहेको छ। साथै २०२० मा उत्कृष्ट बोर्ड टपर उपलब्धि पुरस्कार प्राप्त गरेको छ।
उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्धि
महाराजगञ्ज शिक्षण अस्पताल IOM, त्रिभुवन विश्वविद्यालय लगायत MOE, PAHS, KU, BPKIHS, पोखरा र PU का चिकित्सा विज्ञान तथा सहायक चिकित्सा विषयहरूमा छात्रवृत्ति प्राप्त गर्न पिनाकल कलेजका विद्यार्थीहरू सफल भएका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ IOE लगायत काठमाडौं विश्वविद्यालय, पोखरा तथा पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ कलेजहरूमा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
व्यावसायिक तालिमका कार्यक्रमहरू
कक्षा ११ र १२ सुरु भएसँगै प्री-मेडिकल र प्री-इन्जिनियरिङका कक्षाहरू नियमित पाठ्यक्रममा समावेश गरी वर्षभर सञ्चालन हुने भएको छ। यसका साथै १६ वर्षको शिक्षा आजको आवश्यकता भएको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि पिनाकल कलेजको आफ्नै तालिम प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारका होटल व्यवस्थापन, ग्राफिक डिजाइनिङ, बैंकिङ र कर्पोरेट नेतृत्वका तालिमहरू सञ्चालन हुने भएको छ।
सफ्ट स्किल्स र व्यक्तित्व विकास
प्रत्येक साता सफ्ट स्किल्सको तालिम प्रदान गरिने भएको छ। पिनाकल कलेजका विद्यार्थीहरू बैंकिङ, उद्योग, उद्यमशीलता, व्यापार, सामाजिक संस्था तथा सरकारी संस्थाहरूमा प्रतिष्ठित भएका छन्।
खेलकुद र सांस्कृतिक गतिविधिहरू
फुटबल, क्रिकेट र अन्य विभिन्न खेलकुद कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुने गरेको छ। विद्यार्थीहरूको समग्र व्यक्तित्व, मनोबल, दक्षता र लक्ष्य बुझेर त्यसलाई प्रोत्साहन दिने संस्कारसहित समाजमा आदर्श व्यक्ति बन्न सिकाइने गरिन्छ।
नैतिक शिक्षा र मूल्यमान्यता
विद्यार्थीहरूलाई सामाजिक दायित्वबोध गराउन प्रेरणादायी तालिम, योग, ध्यान, नैतिक शिक्षा आदि कार्यक्रमहरू सञ्चालन गरेर अनुशासित र नैतिकवान बनाउने कार्य गरिन्छ।
शत प्रतिशत बोर्ड उत्तीर्णता
पिनाकल कलेजले शत प्रतिशत बोर्ड परीक्षा उत्तीर्णता हासिल गरेको दाबी गरेको छ।
पिनाकल मै किन पढ्ने ?

