दश वर्षभित्र नेपाललाई यूरोपका मुलुकको अवस्थामा पुर्याउँछौँ: बामदेव गौतम
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर नेपाललाई यूरोपका मुलुकको अवस्थामा पुर्याउँने बताएका छन् । एकीकृत समाजवादीसँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेपालीहरू मागेर नभई संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे ।
लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौँ । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौँ।
हामी मागेर खाने अवस्थामा होइन कि अरूलाई दिने अवस्थामा पुग्नेछौँ,गौतमले भने, ‘हामी संसारका मगन्ते होइनौँ, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौँ । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो। त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो।
उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर पनि गरे। ४ वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो। म लागेपछि समाजवाद सुरु हुन्छ। म एक्लै होइन, तपाईँहरूसँगै लाग्ने हो। एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ,’ गौतमको भनाइ थियो।
