साफ यू-२० महिला च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको दोस्रो खेलमा नेपालले‌ ८-० को जित निकालेको छ। ​​​​​​​ ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गरे । पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल गर्‍यो।

​​​​​​​पूर्णिमाले खेलको २३ औँ मिनेट र पहिलो हाफकोथप गरिएको समयमा थप २ गोलसहित ह्याट्रिक पुरा गरेकी हुन्। मीनाले भने पहिलो हाफमा दुई गोल र दोस्रो हाफको ६४ औँ मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरिन् ।नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले १र१ गोल गरे।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालले तेस्रो र चौथो खेलमा श्रीलङ्कालाई लगातार ७-० गोलले पराजित गरेको थियो। नेपालले लिगको अन्तिम खेल घरेलु टोली बंगलादेशसँग सोमबार खेल्नेछ।