बहादुर लामाले गुमाए संसदीय दलको नेताको हैसियत, बानियाँ मुख्यमन्त्री बन्ने निश्चित
काठमाडौं । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने बाटो खुलेको छ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
आज संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र परेको छ भने विपक्षमा २२ मत परेको छ ।यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ।
