वसन्त नेतृत्वको नेकपा अवसरवादी र अराजकहरूको भीडमा रूपान्तरित: कृष्ण अधिकारी
काठमाडौं। वसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अवसरवादी र अराजकवादीहरूको भीडमा रूपान्तरण भएको कृष्ण अधिकारीले गम्भीर आरोप लगाएका छन्। आज जारी गरिएको प्रेस वक्तव्यमा उनले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले विचारहीनहरू स्वघोषित नायक भएको र व्यक्तिवादी सिद्धान्त बोकेर भजन गाउँदै अन्तिम विसर्जन प्रक्रियामा पुग्न लागेको समेत आरोप लगाएका छन्। र नामधारी अथात् वामरूपक कम्युनिष्ट पार्टीहरूमा आलाेचना अपरिहार्य ठहर्छ तर सम्झौता रणनीतिको सूक्ष्म नाममा महिमामण्डित भएकाे प्रेस वक्तव्यमा उल्लेख गरेका छन्। यसरी समग्र स्थितिको अध्ययनले मुलत नेपालमा कम्युनिष्ट पार्टी छैन भन्ने निष्कर्ष सही भएकाे उनले उल्लेख गरेका छन्।
विगत एक वर्षदेखि वसन्त बोगटीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा रहेर जिम्मेवारी वहन गर्दै आएको भन्दै यस क्रममा पार्टीलाई रुपान्तरण गरी सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्नै उच्च पहल गरियो तर त्यो पहल सार्थक हुन सकेन प्रेस वक्तव्यमा उल्लेख छ।
मुलत:पार्टीको मुख्य नेतृत्वमा रहेको वैचारिक असम्पष्टता, सांगठनिक अराजकता,आर्थिक अपारदर्शिता र रहस्यमय कार्यशैलीका कारण पार्टी विघटनको डिलमा पुगेकाे बताएका छन्।
यतिमात्र होइन, वसन्त बोगटीको कृत्रिम क्रान्तिकारीता प्रदर्शनले दहिंणपन्थी अवसरवादी हावाहुरीसँगै उड्ने खतरा पनि प्रबल बनेकाे प्रेस वक्तव्यमा उल्लेख छ। यसकारण क्रान्तिकारीहरूले विद्रोह गर्ने र सच्चा कम्युनिष्ट आन्दोलनको पुनर्गठन अभियानमा समर्पित हुने घोषणा गरेकाे उल्लेख गरिएकाे छ। नेपालमा अहिले सच्चा कम्युनिष्ट पार्टी छैन। परन्तु कम्युनिष्ट पार्टी अपरिहार्य छ।
कम्युनिष्ट पार्टी बिना विद्यमान संकटको समाधान हुन सक्दैन। किनकि यथास्थितिवाद आफै समस्याको मूल कारक हो। यसकारण यथास्थितिमा क्रमभंग गर्दै विचार र संघर्षको आवश्यकता भएकाले सम्पूर्ण सच्चा कम्युनिष्ट तथा क्रान्तिकारीलाई नयाँ धुवमा समेट्ने ऐतिहासिक कार्यभार काँधमा आएको उल्लेख छ।
प्रेस वक्तव्यमा उल्लेख गरिएअनुसार, वर्तमान कम्युनिष्ट पार्टीहरुमा देखा परेका अवसरवाद,विचलन,भष्टाचार, र जनविरोधी कार्यशैलीले कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा पुर्याएको उल्लेख गरिएको छ। अधिकारीले भने, वर्तमान पार्टीहरू अवसरवादी नेताहरुको अखडा बनेका छन्। ती नेताहरुले जनतालाई धोका दिइरहेका छन्।
उनले विशेष गरी वसन्त बोगटीलाई पार्टी र आन्दोलनको सच्चा विचारधाराबाट विचलित भएको आरोप समेत लगाएका छन्। यस्तो अवस्थामा सत्य विचारमा आधारित, सिद्धान्तनिष्ठ र संघर्षशील पार्टी निर्माण गर्नु आवश्यक भएको उनको भनाइ छ।
पार्टीभित्रको भ्रष्ट्राचार, आर्थिक अनियमितता, सांघठानिक अरजकता, र विचारहीन प्रवृत्तिहरूको अन्त्य गरिने स्पष्ट उल्लेख गरिएको छ।
अधिकारीले पार्टी निर्माणसँगै एक व्यापक आन्दोलनको सुरुवातको पनि घोषणा गरेका छन् जसमा क्रान्तिकारी पुनर्जागरणमार्फत सच्चा कम्युनिष्ट आन्दोलनलाई पुनःस्थापित गरिने छ। उनका अनुसार, यही नयाँ अभियान नै भविष्यको क्रान्तिको जग खनिने अभियान हुनेछ।
प्रेस वक्तव्यको अन्त्यमा अधिकारीले सबै कम्युनिष्ट र क्रान्तिकारीहरुलाई नयाँ पार्टी र अभियानमा जोडिन अपिल गरेका छन्।
यसरी सबै सच्चा कम्युनिष्ट योद्धाहरू धुवीकरण भई नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको विकल्प छैन। यही धुवीकरण प्रक्रियामा एकताबद्ध हुन हार्दिक आह्वान गर्दछु।

